
पहिरोमा पुरिएकाको परिवारलाई सिरानचोकद्वारा ५० हजार राहत
गोरखाको सिरानचोक गाउँपालिकाले पहिरोमा पुरिएर मृत्यू भएका वृद्ध दम्पतीको परिवारलाई ५० हजार राहत सहयोग गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष राजु गुरुङले शोक बिज्ञप्ती जारी गर्दै असार १८ गते राती परेको अविरल वर्षाका कारण गएको पहिरोमा निधन भएका रमन पाण्डे र नन्दुकुमारी पाण्डेको परिवारलाई उक्त रकम दिने बताएका छन् ।
साथै अध्यक्ष गुरुङले शोकमा रहेको परिवारजनमा समवेदना ब्यक्त गर्दै विपद्का बेला सहयोग गर्ने रेडक्रस श्रीनाथकोट उपशाखा, इलाका प्रहरी कार्यालय जौवारी, स्थानीय विपद् प्रतिकार्य समुह र स्थानीय समुदायलाई सहयोगका लागि धन्यवाद दिएका छन् ।





