
गोरखा लगायत आसपास लगातार वर्षात, दरौँदी र मस्र्याङ्दी क्षेत्रमा जोखिम बढी
गोरखा सदरमुकाम लगायत आसपासका क्षेत्रमा बुधवारदेखि लगातार वर्षात भईरहेको छ । बिहिवार पनि दिनभर वर्षात हुँदा जनजिवन प्रभावित बन्यो ।
कयौँ ठाउँमा घर बाढी पहिरोले बगाएको छ भने खेत पुरिएको छ । कृषि फर्म बाढीले बगाएको छ ।
गोरखा सदरमुकाम क्षेत्रमा पनि अन्य दिन भन्दा वर्षातका कारण मानिसको चहलपहल कम थियो ।
वर्षातले दरौँदी, मस्र्याङ्दी नदीको तटिय क्षेत्रमा बाढीका कारण धेरै क्षती हुन सक्ने भएकाले सचेत रहन जल तथा मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले पनि सुचना जारी गर्दै त्यस क्षेत्रका बासिन्दालाई उच्च शर्तकता अपनाउन अनुरोध गरेको छ ।




