
कुखुराको खोरमा बाढी, पालुङटारका किसानको तीन हजार कुखुरा पुरियो
गोरखाको पालुङटार नगरपालिका २ मा कुखुराको फार्म पुरिएको छ ।
लक्ष्मण पन्तको कुखुराको फार्ममा बाढी पस्दा तीन हजार कुखुरा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । बिक्री गर्ने बेला भएको कुखुरा मरेपछि किसान चिन्तित छन् ।




