| आइतवार, कार्तिक २२, २०८३

१६ देखि १९ सम्म निरन्तर वर्षात बाढी आउने खतरा, सतर्कता अपनाउनु : गोरखा प्रशासन

जिल्ला प्रशासन कार्यालय गोरखाले सार्वजनीक सुचना जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

असार १६ देखि १९ सम्म वर्षाको कारण त्रिसुली, बूढीगण्डकी, मस्र्याङ्दी नदीमा पानीको बाहब बढ्ने भएकाले सतर्क रहन भन्दै प्रशासनले सुचना गरेको हो ।
प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले सुचना जारी गर्दै मस्र्याङ्दी, दरौँदी, बूढीगण्डकी लगायत नदीनालाको आसपासका ठाउँमा नजान, वरपर बसोवास गर्ने घर परिवारहरुलाई सतर्क रहन, जोखिम आँकलन गरी सुरक्षित हुन अनुरोध गरेका छन् । हरेक वर्ष वर्षात सँगैको बाढीले गोरखामा पनि ठुलो क्षती पुग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्