| आइतवार, कार्तिक २२, २०८३

स्नातक पढ्न चाहने बिपन्नलाई गोरखा नगरपालिकाले पढाइदिने

स्नातक तह पढ्न चाहने बिपन्न विद्यार्थीलाई गोरखा नगरपालिकाले स्नातक तह पढ्न सघाउने भएको छ ।

पढ्ने चाहना र क्षमता भएका तर आर्थिक अवस्थाका कारण पढ्नबाट कोहीपनि बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको मेयर राजनराज पन्तले बताए ।
‘अहिले पनि केही बिपन्न समुदायका विद्यार्थी पढ्ने खर्च नभएर बिचैमा पढाई छाडेका छन्’, नगरप्रमुख पन्तले भने, ‘उनीहरुलाई छात्रवृत्ति दिएर उच्च शिक्षा पढाउने जिम्मा नगरपालिकाले लिन्छ ।’

त्यसका लागि भने नगरसभाले गोरखा नगरपालिका भित्रकै क्याम्पमा अध्ययनरत हुनुपर्ने वा यहाँ नै अध्ययन गर्नेले मात्र उक्त सुविधा पाउनेछन् । त्यसरी छात्रवृत्तिमा अध्ययन गरेकालाई नगरपालिकाले स्वयम् सेवक शिक्षकको रुपमा नगरभित्रका विद्यालयमा परिचालन गर्ने योजना बनाएको मेयर पन्तले बताए ।
आठौँ नगर सभामा नगरप्रमुख राजनराज पतले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्नातकोत्तर तहमा अध्ययनरत नगर भित्रका विद्यार्थीलाई अनुसन्धान कार्यका लागि प्राविधिक तथा आर्थिक सहयोग गर्ने योजना ल्याएका छन् ।

आधारभूत तहको विद्यालयमा कम्तिमा गणित, अंग्रेजी, बिज्ञान शिक्षकको दरबन्दी नभएको भए कम्तिमा एउटा दरबन्दी ब्यवस्थापन गर्ने योजना नगरपालिकाले ल्याएको छ ।
धार्मिक विद्यालयमा पनि खाजाको ब्यवस्था गर्ने, बाल कक्षा र आधारभूत तहमा नेपाल सरकारबाट ब्यवस्था गरेको खाजामा थप गर्ने योजना नगरपालिकाको छ ।

कोभिडको प्रभावका कारण विद्यालय बन्द भएकाले शिक्षकहरुको क्षमता अभिवृद्धि गरी विद्यार्थीलाई अनलाईन तथा अफलाईन सिकाईको योजना बनाउने कार्यक्रम रहेको मेयर पन्तले बताए ।
नगरपालिका भित्रका स्वास्थ्य संस्थामा आधारभूत प्रयोगशाला संचालन गरेर गर्भ जाँच, भिडियो एक्सरे सेवा बिस्तार गर्ने, स्वयम् सेविकाहरुलाई १० हजारको दरले प्रोत्साहन सुविधा उपलब्ध गराउने नीति नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा लिएको छ ।
एकसय धाराभन्दा कम रहेका खानेपानी आयोजना लिफ्टबाट सञ्चालन भएको ठाउँमा मासिक पाँच हजार उपलब्ध गराउने, प्रकोपका कारण ज्यान गुमाएकाको परिवारलाई तत्काल २५ हजार र घर क्षतिग्रस्त भएको परिवारलाई १५ हजार उपलब्ध गराईने मेयर पन्तले बताए ।
‘आउँदो वर्ष मनसुनजन्य प्रकोपबाट घर क्षति भएका १७ घर निर्माण प्रक्रिया अघि बढ्नेछ’ मेयर पन्तले भने, ‘संघीय सरकारसँगको साझेदारीमा नगरपालिकाले घर बनाउने लागेको हो ।’
बङ्गुरको पाठा, ब्याड बोका ५० प्रतिशत अनुदानमा बितरण गर्ने, कौशी खेतीलाई प्रवद्र्धन गर्ने, बिल र चल्ला बितरणमा अनुदान दिने कृषक परिचय पत्र बितरण गरी अनुदानको ब्यवस्था गर्ने नीति नगरपालिकाले लिएको छ ।
अन्तर पुस्ता सिप हस्तान्तरण कार्यक्रम गर्ने, कुपोषण मुक्त नगरपालिका बनाउन सुनौला हजार दिनका आमाका लागि पोषण कार्यक्रम संचालन गर्ने योजना रहेको मेयर पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्