
धार्चे गाउँपालिकाको बजेट करिब ३८ करोड
धार्चे गाउँपालिकाले बिहिबार गाउँसभा सम्पन्न गरेको छ । करिब ३८ करोड रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीले बताए । गाउँपालिका उपाध्यक्ष पूmलमाया गुरुङले आर्थिक वर्ष २०७८÷७९ का लागि उक्त बजेट प्रस्ताब गरेकी हुन् ।
गाउँपालिका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको गाउँसभामा अध्यक्ष गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । दुर्गम क्षेत्रमा पूर्वाधार बिकास, सडक खानेपानी, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, योजना र बजेट बिनियोजन गरिएको अध्यक्ष गुरुङले बताए ।




