| आइतवार, कार्तिक २२, २०८३

नेविसंघका स्वयंसेवकद्वारा सिम्जुङका बालबालिकालाई पठनपाठन


प्रजातान्त्रिक विद्यार्थीहरुको साझा संस्था नेपाल विद्यार्थी संघले अजीरकोट ४ सिम्जुङका बालबालिकाहरुलाई पढाउन सुरु गरेको छ । कोरोना महामारीका कारण विद्यालयमा भौतिक उपस्थिति नभएको अवसर पारेर नेविसंघले विभिन्न १० समूह बनाएर पढाउन सुरु गरेको हो ।


नेपाल दलित विद्यार्थी संघका सहसचिव रायन बस्यालको संयोजकत्वमा परिचालित स्वयंसेवी टिमले बालबालिकालाई पाँच सिफ्टमा पढाउन सुरु गरेको नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले जानकारी दिए ।


कोरोनाका कारण कलेज बन्द भएपछि काठमाडौँबाट घर फर्केका नेविसंघका स्वयंसेवकहरुले बालबालिकालाई पढाउन सुरु गरेका हुन् ।

स्वास्थ्य मापदण्डमा उल्लेख भएअनुसारको भौतिक दुरी कायम गरी मास्क, सेनिटाइजरको व्यवस्था सहित पठनपाठन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्