| आइतवार, कार्तिक २२, २०८३

सौरपानीमा नेपाल टेलिकमको टावर एक सातादेखि अवरुद्ध

एकसाताअघि बिग्रिएको बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीस्थित नेपाल टेलिकमको टावर मर्मत नहुँदा त्यस भेगका मोवाईल प्रयोगकर्तालाई समस्या भएको छ ।
जेठ ३ गते बर्सातसँगैको चट्याङपछि बिग्रिएको टावर अहिलेसम्म मर्मत नभएको स्थानीय बिकास रानाले बताए ।
टावर मर्मत नहुँदा सर्वसाधारणले सहज सेवा लिन सकेका छैनन् । फोन गर्न समस्या भएको, बालवालिकाको अनलाईन कक्षा हुन नसकेको उनले बताए । नेपाल टेलिकमको गोरखा स्थित कार्यालयमा सम्पर्क गर्दा फोन नउठेको गुनासो स्थानीयको छ ।
नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्र श्रेष्ठले चट्याङका कारण टावरको रेडियो प्रविधिमा समस्या आएको र त्यसलाई फेर्नुपर्ने अबस्था आएको बताए । सो रेडियो प्रविधि परिवर्तनका लागि केही दिन लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्