| मङ्लबार, कार्तिक २४, २०८३

सल्लेरीका बिस्थापित घरधुरीलाई ३० र प्रभावितलाई १५ हजार बितरण

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीका बाढीबाट घर बगाएका बिस्थापित छ परिवारलाई प्रतिघरधुरी ३० हजार र प्रभावितलाई १५ हजार बितरण गरिएको छ ।

जिल्ला बिपद् ब्यवस्थापन समितिले आज हेलिकप्टरमा उक्त ठाउँ पुगेर प्रभावितलाई नगद बितरण गरेको प्रशासन कार्यालयका लेखापाल तुल्सीराम खनालले बताए ।२० घरधुरीलाई १५ हजार र ६ घरधुरीलाई ३० हजार रुपैयाँका दरले बितरण गरिएको उनले बताए ।
अहिले तत्कालका लागि नदीमा पानीको सतह घटेकाले जोखिम कम रहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

‘पानी बढेपछि जोखिम बढ्छ, अहिले तत्कालका लागि समस्या छैन’ उनले भने ‘खाद्यान्न पनि हामीले केही समयलाई पुग्ने पु¥याएका छौँ ।’ घर बिहिन भएकालाई थप राहतका लागि प्रदेश र संघिय सरकार सँग पहल गर्ने उनले बताए ।

त्यहाँ लगिएको खाद्यान्न प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठ, वडा अध्यक्ष रामकुमार गुरुङ सहितको रोहवरमा बितरण गर्न भनिएको प्रजिअ पाैडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्