| आइतवार, कार्तिक २२, २०८३

बारपाक सुलिकोट गाउँपालिकाद्वारा किसानलाई बोका र पाठी बितरण


गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले किसानलाई बोका र पाठी बितरण गरेको छ । २७ जना किसानलाई निशुल्क पाठी बितरण गरिएको र २३ जनालाई उन्नत जातको ब्याड बोका २५ प्रतिशत किसानको लागत साँझेदारीमा बितरण गरिएको पशुशाखा प्रमुख अमृत पोखरेलले बताए ।
गाउँपालिका अध्यक्ष बिष्णु भट्टले बुधवार किसानलाई पाठी र बोका बितरण गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ३ र ४ स्वाँरा, सौरपानी क्षेत्र बाख्रा पालनको लागि उपयुक्त भएकाले उक्त ठाउँलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
ब्यवशायीक रुपमा बाख्रा पालन गर्दै आएका र कृषक समुहमा आवद्ध भएकालाई उन्नत जातको बोयर बोका र पाठी बितरण गरिएको शाखा प्रमुख पोखरेलले बताए । पाठीलाई अधिकतम ३५ हजार सम्म र बोकालाई ५५ हजार रुपैयाँ परेको उनले बताए । गाउँपालिकाको १० लाख र संघिय सरकारको १० लाख लागत साँझेदारीमा बाख्रा प्रर्वद्धन कार्यक्रम अन्र्तगत बितरण गरिएको हो । ‘दुई वर्ष सम्म लिइएको बाख्रा बिक्री गर्न किसानले पाउँदैनन्’ गाउँपालिकाका पशु शाखा प्रमुख पोखरेलले भने ।
सोही कार्यक्रम अन्र्तगत करिब २० जना किसानको खोर सुधार गरिएको छ । कार्यक्रमबाट ७० जना किसान लाभान्बित भएको शाखा प्रमुख पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्