
गोरखा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यू
गोरखा अस्पतालमा गएराती एक कोरोना संक्रमितको मृत्यू भएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ५ का ७८ वर्षिय पुरुषको मृत्यू भएको अस्पतालले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएपछि बुधवार उपचारका लागि उनलाई गोरखा अस्पताल ल्याइएको थियो । मृतकमा निमोनियाको समस्या रहेको चिकित्सकले बताएका छन् ।
गोरखा अस्पतालले बिहिवार चितवन रिफर गरेको थियो तर परिवारले पुन गोरखा अस्पतालमा नै फिर्ता ल्याएका थिए । उपचारको क्रममा निधन भएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।




