| सोमवार, कार्तिक २३, २०८३

सुत्केरी, जेष्ठ नागरिक र अपाङ्गता भएकालाई निशुल्क एम्बुलेन्स सेवा : मेयर पन्त

गोरखा नगरपालिकाले नगरभित्र सुत्केरी, ६५ वर्ष उमेर माथिका जेष्ठ नागरिक र अपाङ्गता भएकालाई स्वास्थ्य संस्था सम्म जान निशुल्क एम्बुलेन्स ब्यवस्था गर्ने भएको छ ।
बुधवार गोरखा नगरपालिकालाई संभव नेपालले दुईवटा एम्बुलेन्स हस्तान्तरण गरेपछि उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख राजनराज पन्तले भने ‘६५ वर्ष माथिका जेष्ठ नागरिक, सुत्केरीलाई हामी निशुल्क अस्पताल सम्म आउजाउ गर्न एम्बुलेन्स बाट सेवा दिनेछौँ ।’

उक्त सेवाका लागि नगरपालिकाको स्वास्थ्य शाखा, वडा कार्यालयमा बिरामीले सम्पर्क गर्नुपर्नेछ । नगरभित्रको स्वास्थ्य संस्था सम्म बिरामीलाई निशुल्क लगिदिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्