
गोरखामा बैंक बिहान १० देखि दिउँसो २ बजे सम्म खुल्ने
निषेधाज्ञाको अवधी असार ५ गते सम्म थपिएको गोरखामा बैंक तथा बित्तिय संस्था भने खुल्ने भएका छन् ।
यस अघि दुई साता बन्द रहेका बैंक तथा बित्तिय संस्था जेठ २६ गतेदेखि भने बिहान १० देखि दिउँसो २ बजे सम्म खुल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैंक तथा बित्तिय संस्थाले भने स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने, सेवाग्राहीबिच दुई मिटरको भौतिक दुरी कायम गर्न संकेत निर्माण गर्नुपर्ने निर्णय गरिएको छ । लघुबित्त र बिमा कम्पनीहरुको सेवा भन्दा पूर्ण रुपमा बन्द रहने प्रजिअ पौडेलले बताए ।




