| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पतालको विवाद साम्य : एकजुट भएर कोरोनाविरुद्ध लड्ने समझदारी


गोरखा अस्पतालमा केही दिनदेखि सिर्जित समस्या साम्य भएको छ । आइतबार अपरान्ह सम्पन्न त्रिपक्षीय बैठकले पुराना रिसराग मेटेर कोरोना विरुद्ध एकजुट भएर लड्ने सहमति गरेको सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।


अस्पतालका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र अस्पताल व्यवस्थापन समिति बैठकमा सहभागी थिए । ‘अब उप्रान्त यी र यस्ता आरोप नलगाई यस विषम परिस्थितिमा सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी एकजुट भएर कोभिड १९ विरुद्ध लड्ने प्रतिवद्धता व्यक्त गरियो’, ढकालले भने ।


यसअघि अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेल नेपालले माताहतका नर्सिङलगायतका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको जागिर खाइदिन्छु भन्दै हप्कीदप्की लगाउने गरेको, कुनै समन्वय नगरी एकल ढंगले अघि बढ्ने गरेको, विभिन्न खालका दुव्र्यवहार गर्ने गरेको भन्दै एक चिकित्सक र व्यवस्थापन समितिमार्फत नियुक्त भएका स्वास्थ्यकर्मीहरुको युनियनले जिल्ला प्रशासन कार्यालय र अस्पताल व्यवस्थापन समिति समक्ष ज्ञापन पत्र पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्