| सोमवार, कार्तिक २३, २०८३

गोनपा २ मा ५५ जनालाई कोरोना संक्रमण

गोरखा नगरपालिका वडा नम्बर २ मा ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एक सय ५२ जनाको पिसिआर जाँच गरिएको मध्ये ५५ जनाको रिपोर्ट पोजेटिभ आएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए । यी मध्ये २९ जना पुरुष र २६ जना महिला रहेका छन् ।
शुक्रवार स्वाब संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाएकाहरुको रिपोर्ट दुईदिनमै आएको हो ।

प्रतिक्रिया दिनुहोस्