| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकामा बिहिबार ७ जना संक्रमित थपिए

गोरखा नगरपालिकामा आज सात जना कोरोना संक्रमित थपिएका छन् ।

जेठ १८ गते १९ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको पठाइएको मध्ये सात जनाको रिपोर्ट पोजेटिभ आएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।

पोजेटिभ मध्ये एकजना वडा नम्बर ९ का र अन्य सबै ८ नम्बरका छन् ।

प्रतिक्रिया दिनुहोस्