
१५ घर रहेको कोलस्वाँरामा ३६ जना संक्रमित
बारपाक सुलीकोट गाउँपालिका वडा नं. ४ (साबिक सौरपानी गाविस)को कोलस्वाँरामा ३६ जना कोरोना संक्रमित रहेका छन् ।
केहीदिनअघि गरिएको एण्टिजेन परीक्षणमा ठूलो संख्यामा संक्रमित पुष्टि भएको सो वडाका वडा सदस्य सुनेम गुरुङले जानकारी दिए ।
बिरामीमध्य केही गम्भीर रहेको पनि उनले बताए । अहिले पनि बिरामी बढिरहेको उनले बताए । ‘म हिजो मात्रै त्यहाँ गएको थिएँ ।
घरैपिच्छे सबका सबजसो बिरामी छन्’, उनले भने, ‘फेरि कोरोना परीक्षण गर्नुपर्छ भनेर पालिकामा कुरा राखेको छु ।’ कोलस्वाँरा धेरै बिपन्न गुरुङ समुदायको मात्र बसोबास रहेको गाउँ हो ।
त्यस्तै ६५ घरधुरी रहेको भण्डारीगाउँमा पनि बिरामी हुने क्रम बढिरहेको उनले बताए ।




