
हेलिकोप्टरबाट उद्धार गरिएकी बारपाककी एक महिलाको निधन
बारपाकबाट शनिबार हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएकी कोभिड संक्रमित महिलाको निधन भएको छ । बारपाक सुलीकोट गाउँपालिका २ आलगंग(कुँजे)की २६ बर्षकी महिलाको मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको जीतबहादुर घलेले जानकारी दिए ।
उनलाई बारपाकमा एण्टिजेन परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपनि मेडिसिटी अस्पतालमा परीक्षण गर्दा कोभिड पोजेटिभ जनाएको थियो । न्युमोनियाले गस्त उनको मंगलबार साँढे पाँच बजेतिर निधन भएको घलेले बताए ।
उनलाई शनिबार मनाङ एयरको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पताल लगिएको थियो ।




