| आइतवार, कार्तिक २२, २०८३

बारपाकमा आज पनि ऐन्टिजेनबाट कोरोना परीक्षण हुँदै

सात सय २२ जनाको परीक्षण गर्दा ५८ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको बारपाकमा आज पनि कोरोना जाँच हुँदैछ ।

समुदायमा कोरोना फैलिएको आशंकापछि प्रदेश, जिल्ला र गाउँपालिकाबाट खटिएका स्वास्थ्यकर्मीको तीनवटा टोलीले छुट्टाछुट्टै स्थानमा शुक्रवार स्थानीयको स्वास्थ्य जाँच गरेका थिए ।
आज पनि छुटेकाहरुको जाँच गरिने र बारपाकको साबिक वडा नम्बर १, २ र ३ नम्बरमा आज ऐेन्टिजेन परीक्षण हुने बारपाक सुलिकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्