
शहीदलखनमा ४६ जना संक्रमित थपिए, १४ दिनमा पिसिआरको रिपोर्ट
गोरखाको शहीलखन गाउँपालिकामा ४६ जना संक्रमित थपिएका छन् । दुई साता अघि पिसिआर जाँचका लागि स्वाब पठाएकाहरुको रिपोर्ट शुक्रवार आएको हो ।
संक्रमण पुष्टि हुनेमा वडा नम्बर १,२,३,४,५ मनकामना, बक्राङ र ताक्लुङका रहेका छन् । पिसिआर रिपोर्ट ढिला आएकाले अधिकासंलाई निको भईसकेको र जटिल समस्या कसैको पनि नरहेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट ढिला आएको हो ।




