| आइतवार, कार्तिक २२, २०८३

गोरखा अस्पताल र बारपाक स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर

गोरखाली समाज युकेले गोरखा अस्पताल र बारपाक स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।


समाजले उपलब्ध गराएको सो सामग्री शुक्रबार गोरखा अस्पताल र बारपाक स्वास्थ्य चौकीमा पुगेर गण्डकी प्रदेशकी सांसद धनमाया लामाले हस्तान्तरण गरेकी हुन् । गोरखा अस्पतालका मेनेजर लिपासा श्रेष्ठलाई र बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टलाई हस्तान्तरण गरेकी छन् ।


सो अबसरमा जनता समाजवादी पार्टीका गण्डकी प्रदेशका सहसंयोजक रमेश पोखरेल, गोरखा जिल्ला उपाध्यक्ष राजेन्द्र पराजुली एवं आँखा रोग विशेषज्ञ गौमाया गुरुङलगायतको उपस्थिति रहेको थियो ।


साथै सो पार्टीले बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ र २ का विभिन्न टोलमा पुगेर मास्क, सेनिटाइजर, अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको उपाध्यक्ष पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्