
मन्त्री बस्नेतसहितको स्वास्थ्य टोली बारपाक जाने
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतसहितको टोली कोरोना महामारी फैलिएको आशंका गरिएको बारपाक गाउँको अनुगमनमा जाने भएका छन् ।
गाउँको बास्तविक अबस्थाको बारेमा बुझ्न आफू तथा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दू शर्मासहितको टोली शुक्रबार बारपाक जान लागेको मन्त्री बस्नेतले जानकारी दिए ।
टोलीमा तीनजना चिकित्सक, तीनजना नर्स, दुईजना ल्याब टेक्निसियन र एकजना मनोसामाजिक परामर्शदाता रहने उनले बताए ।
सो टोलीले शुक्रबार बिहान गोरखा अस्पतालमा अक्सिजन प्लाण्टको उद्घाटन समेत गर्ने जनाइएको छ ।




