| सोमवार, कार्तिक २३, २०८३

मंगलवार गोरखामा दुई सय २३ जना संक्रमित थपिए

गोरखाका भीमसेन थापा गाउँपालिकामा होम आइसोलेशनमा बसेका एक बृद्वको मृत्यु भएको छ । वडा नम्बर २ तान्द्राङका ८६ बर्षिय बृद्वको सोमबार नै मृत्यु भएको भिमसेन थापा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
मृत्तक ब्यक्तिको सुरक्षा मापदण्ड अपनाएर परिवारले नै अन्त्यष्टी गरेको हुन् । यस्तै गोरखामा मंगलबार दुई सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८३ महिला र १४० पुरुष गरी २२३ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्