| आइतवार, कार्तिक २२, २०८३

गोरखा नपा ३ का जनप्रतिनिधि र कर्मचारीले पाउने सेवा सुविधा कोरोना संक्रमितका लागि खर्च गर्ने

गोरखा नगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधि र कर्मचारीहरुले कोरोना अवधिभरको सेवा सुविधा वडाभित्र होम आईशोलेसनमा बसेका कोरोना संक्रमितहरुका लागि खर्च गर्ने भएका छन् ।

वडाअध्यक्ष रामबाबु बोगटी, वडा सदस्य शम्भु थापा, राजेन्द्रबाबु तिवारी, सिता दानी, पूmलमाया मग्रातीले कोरोना कालसम्मको सेवा सुविधाबाट कटौती गरी होम आइसोलेशनमा रहेका कोभिड १९ का बिरामीहरुलाई खाद्यान्न लगायतका सामान जुटाउनमा खर्च गर्ने निर्णय गरेका हुन् ।


सोमबार वडाअध्यक्ष रामबाबु बोगटीको अध्यक्षतामा बसेको वडा कार्यालयको वैठकबाट सो निर्णय गरेको हो ।

‘होम आइसोलेशनमा कति जना हुन्छन्, कति समयसम्म रहन्छन्, हामी हाम्रो सेवासुविधा कटौती गरेर उनीहरुलाई खाद्यान्न लगायत आवश्यक सामग्रीको व्यवस्था गर्नेछौँ’, वडाअध्यक्ष बोगटीले भने, ‘बिरामीहरुको साथमा पैसा नहुनसक्छ । वैँकमा भए पनि झिक्न जान नसक्ने हुनसक्छन् । सामान किन्न जान नसक्ने, नमिल्ने हुनसक्छ । त्यसैले हामीले सामान खरिद गरी घरघरमा पु¥याइदिने व्यवस्था गर्छौँ ।’


आफुहरु स्वास्थ्य मापदण्ड अपनाएर दैनिक संक्रमितहरुको घरघरमा पुग्ने र उनीहरुको स्वास्थ्य अबस्था बारे जानकारी लिएर आवश्यक सल्लाह सुझाव समेत दिने वडाध्यक्ष बोगटी बताउँछन् ।


जनप्रतिनिधिहरुको निर्णयमा सो वडामा कार्यरत वडा सचिव सावित्री अधिकारी, कार्यालय सहयोगी मिना थापा भारतीले पनि सघाउने घोषणा गरेका छन् । साथै सो वडा स्थायी ठेगाना भई देश, विदेशमा रहेकाहरुसँग कोभिडका बिरामीहरुका लागि सहयोगको आव्हान गर्ने पनि निर्णय गरेका छन् ।


हाल सो वडामा ७ जना संक्रमितहरु रहेका छन् । सात जनाको रिपोर्ट आउन बाँकी रहेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्