
गोरखा अस्पताल आइशोलेसनमा १० जनाको उपचार हुँदै
गोरखा सदरमुकाम स्थित गोरखा अस्पतालको आइशोलेसनमा १० जना कोरोना संक्रमितको उपचार भईरहेको छ । अस्पतालका अनुसार आइतवार दुई जना संक्रमित थपिएका र एक जना डिस्चार्ज भएपछि १० जना बाँकी रहेका छन् ।
संक्रमित मध्ये सात जना पुरुष र तीन जना महिला छन् । उनीहरु सबैलाई अक्सिजन दिइएको छ । अक्सिजन दिन नपर्ने खालका बिरामीलाई अस्पतालले होम आइशोलेसन बस्न अनुरोध गरेको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।
अहिले सम्म गोरखा अस्पतालमा ६३ जना भर्ना भए । १६ जनाको रिफर गरिएको, एक जनाको उपचारको क्रममा मृत्यू भएको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले सम्म एक सय १४ जनाको एन्टिजिन परीक्षण हुँदा ५६ जना संक्रमित पोजेटिभ देखिएका छन् । आईतवार अस्पतालले १४ जनाको एन्टिजिन परीक्षण गर्दा दुई जनालाई पोजेटिभ देखिएको जनाएको छ ।




