
गोरखाका एमाले माधव पक्षधरको निश्कर्ष : राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक
नेकपा एमालेको माधव समुह गोरखाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा वलीको कदम असंवैधानिक भएको निश्कर्ष निकालेको छ ।
उक्त समुहका जिल्ला अध्यक्ष यादब बस्नेतले आईतवार एक बिज्ञप्ती जारी गर्दै जनताको चाहना मध्यबिन्दु चुनाव नभएको बताउँदै देशमा प्रतिगमन दोहोरिएको उल्लेख गरिएको छ ।
असंवैधानिक कदम प्रति घोर निन्दा र भत्र्सना उक्त कदम तत्काल सच्याउन माग गरिएको छ ।
सबै राजनीतिक दल, नागरिक समाज र सर्वसाधारण जनतालाई सरकारको उक्त कदम बिरुद्ध एकताबद्ध हुन समेत अध्यक्ष बस्नेतले आह्वान गरेका छन् ।




