
केयर नेपाल र स्वाँरा सघनद्धारा सिरानचोकलाई १५ लाखको स्वास्थ्य सामग्री सहयोग
केयर नेपाल र स्वाँरा सघनद्धारा सिरानचोकलाई १५ लाखको स्वास्थ्य सामग्री सहयोग
सिरानचोक गाउँपालिकालाई १५ लाख भन्दा बढिको स्वास्थ्य सामाग्री र उपकरण सहयोग गरिएको छ ।
केयर नेपालको सहयोगमा स्वाँरा सघन गाउँ बिकास केन्द्रले अक्सिजन सिलिडर सहित अत्यावश्यक औषधी र स्वास्थ्य सामाग्री सहयोग गरेको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।
२१ थन अक्सिजन सिलिण्डर, ३५ थान पिपिइ, एक थान अक्सिजन कनेक्टर मेसिन, एक सय थान प्लस अक्सिमिटर, २५ थान बिपि सेट, एक सय थान डिजिटल थर्मोमिटर, पाँच सय थान भिटिएम, एक सय थान एन्टिजिन किट उपलब्ध गराइएको छ ।
यसैगरी १२ थान अक्सिफलो मिटर, दुई सय प्याक सर्जिकल मास्क, ६० लिटर स्यानिटाइजर, एक सय २० प्याकेट ग्लोब्स, ३०/३० भाडा फिनेल र क्लोरिन झोल उपलब्ध गराइएको स्वाँरा सघन गाउँपबिकास केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले बताए ।
स्वारा संघन गाउँबिकास केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले उक्त सहयोग गाउँपालिका अध्यक्ष राजु गुरुङलाई हस्तारन्तरण गरेका हुन् ।
सो सामग्री गाउँपालिका भित्रको प्रभावित क्षेत्र, स्वास्थ्य संस्थामा प्रयोग गरिने गाउँपालिका अध्यक्ष गुरुङले बताए ।




