
बिहिवार गोरखामा दुई सय २३ संक्रमित थपिए
बिहिवार गोरखामा दुई सय २३ जना कोरोना संक्रमित थपिएका छन् ।
गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, शहीदलखन गाउँपालिका लगायतमा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य कार्यालय गोरखाका अनुसार एक सय ३१ जना पिसिआर र ९२ जना एन्टिजिन परीक्षणबाट पोजेटिभ भेटिएका हुन् । पिसिआरका लागि २५ जनाको नमुना संकलन भएको छ । कोभिड अस्पतालमा उपचाररत गोरखामा २१ जना र आइशोलेसनमा उपचाररत चार जना छन् ।
बिहिवार सम्म सक्रिय संक्रमितको संख्या आठ सय ३३ रहेको छ ।
परीक्षण गरिएका मध्ये करिब ३४ प्रतिशतमा कोरोना देखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए । सबैभन्दा धेरै संक्रमित गोरखा नगरपालिकामा भेटिएका छन् । नगरपालिकाले वडा वडामा पिसिआर जाँच गरेकाले संक्रमित पहिचान भएको स्वास्थ्य शाखाले जनाएको छ ।
गोरखा नगरपालिकामा नौ सय, भिमसेनमा आठ सय, पालुङटारमा करिब सात सय जनाको पिसिआर परीक्षण भएको छ ।
दोस्रो लहर सुरु भएपछि चुमनुब्री गाउँपालिकामा पिसिआर भएको छैन भने सिरानचोक गाउँपालिकाले एक सय ११ जनाको मात्रै पिसिआर गराएको छ ।




