| सोमवार, कार्तिक २३, २०८३

कांग्रेस नगर सभापति खत्रीद्धारा कोरोना संक्रमितको उपचारका लागि गाडी सहयोग

नेपाली कांग्रेसका गोरखा नगरसभापति चन्दनबाबु खत्रीले आफ्नो निजी गाडी कोभिड १९ बिरामीको उपचारमा प्रयोग गर्न गोरखा नगरपालिकालाई उपलब्ध गराएका छन् ।


गोरखामा पनि कोरोना संक्रमण दर बढेको र एम्बुलेन्स नपाएर बिरामीले उपचार पाउनबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिन आफुले गाडी उपलब्ध गराएको खत्रीले बताए ।
उनले बा १६ च २००१ नम्बरको गाडी बिहिवार गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तलाई हस्तान्तरण गरेका हुन् ।

गोरखा नगरपालिकाको आफ्नो एम्बुलेन्स नभएका बेला कांग्रेस नगर समिति सभापतिले उपलब्ध गराएको गाडीले बिरामीको उपचारमा थप मद्धत पुग्ने नगरप्रमुख राजनराज पन्तले बताए ।

‘यो माहामारीको बेला सबै मिलेर काम गर्नुपर्छ, सबैको सहयोग आवश्यक छ’ उनले भने ‘म अन्य राजनीतिक दल, संघ संस्था र ब्यक्तिहरुलाई पनि सहयोगको अभियानमा जोडिन अनुरोध गर्दछु ।’ आफुले चढ्ने गाडी संक्रमितको उपचारका खातिर नगरपालिकालाई उपलब्ध गराएको प्रति उनले धन्यवाद ब्यक्त गरे ।
उक्त गाडी निषेधाज्ञा अवधी भर नगरपालिकाले कोरोना संक्रमितको उपचारका निम्ति प्रयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्