| सोमवार, कार्तिक २३, २०८३

रोटरी क्लव अफ गोरखाद्वारा होम आइसोलेशनमा बसेकालाई हाइजिन किट


रोटरी क्लव अफ गोरखाले कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलिएको शहीद लखन गाउँपालिकालाई स्वास्थ्य सामग्री(हाइजिन किट) प्रदान गरेको छ । बिहिबार एक अनौपचारिक कार्यक्रम गरी क्लवका अध्यक्ष काशिनाथ अम्गाईले गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठलाई एकसय थान हाइजिन किट हस्तान्तरण गरेका हुन् ।


‘होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई उपलब्ध गराउने गरी एकसय थान हाइजिन किट प्रदान गरेको हुँ’, अध्यक्ष अम्गाईँले भने, ‘किटमा टुथपेस्ट, टुथब्रस, चप्पल, नुहाउने र लुगाधुने साबुन, काइँयो, नेलकटर, झुल, फेस टावल, ट्वाइलेट पेपर, सेनिटरी प्याड, मास्क, सेनिटाइजर लगायतका सामग्री छन् ।’


शहीलखन गाउँपालिकामा हाल एकसय २५ जना संक्रमित छन् । उनीहरुमध्य ३२ जना कोरोनामुक्त भइसकेका छन् । दुईसय ७३ जनाको रिपोर्ट आउन अझैँ बाँकी रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्