
चुमनुब्रीमा संक्रमित छैनन, भिमसेन र गोनपामा धेरै
गोरखाको चुमनुब्री गाउँपालिकामा कोरोना संक्रमित देखिएका छैनन् ।
स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार दुई जना अन्यत्र पिसिआर गरेर आएकाहरु पनि निको भईरहेको र त्यहाँ पिसिआर परीक्षण नभएकाले अहिले त्यहाँ संक्रमित छैनन् । पिसआर रिपोर्ट आउन बाँकी पनि कसैको छैन ।
भिमसेन थापा गाउँपालिका, गोरखा नगरपालिका र शहीदलखन गाउँपालिकामा भने संक्रमित एक सय नाघेका छन् । यी पालिकाको पिसिआर रिपोर्ट आउन बाँकीको संख्या पनि धेरै छ ।
स्रोत : स्वास्थ्य कार्यालय गोरखा




