| आइतवार, कार्तिक २२, २०८३

फेरी गयो गोरखा पराकम्प

फेरी गयो ५.३ रेक्टरको भुकम्प, लमजुङ नै केन्द्रबिन्दु

लमजुङमा फेरि भूकम्प गएको छ । बुधबार बिहान लमजुङको भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्