| आइतवार, कार्तिक २२, २०८३

गोरखामा अझै १५७० जनाको पिसिआर रिपोर्ट आउन बाँकी, ३२ प्रतिशतलाई कोरोना

गोरखामा एक हजार पाँच सय ७० जनाको रिपोर्ट प्राप्त हुन बाँकी छ । मंगलवार सम्म गोरखामा सात सय २१ जना सक्रिय संक्रमित उपचाररत छन् ।
रिपोर्ट आउन बाँकी सबैभन्दा धेरै गोरखा नगरपालिका, भीमसेन थापा, शहीदलखन, आरुघाट गाउँपालिका, पालुङटार नगरपालिका लगाायतका छन् ।
गोरखामा जम्मा परीक्षणको करिब ३२ प्रतिशत संक्रमित भेटिएको छ । अधिकासं ३१ देखि ४० वर्ष उमेरका रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । मंगलवार साँझ सम्म कोभिड अस्पतालमा उपचाररत संक्रमितको संख्या गोरखाका १३ र आइशोलेसन सेन्टरमा उपचाररत चार जना रहेका छन् । अन्य संक्रमित भने होम आइशोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्