| आइतवार, कार्तिक २२, २०८३

गोरखाका १६६५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी, १५६ लाई निको, सक्रिय संक्रमित ६२४

गोरखामा स्वाब संकलन भएका मध्ये १६५५ जनाको रिपोर्ट प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

बिभिन्न पालिकाले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाएको थियो । प्रयोशालामा चाप धेरै भएको बताउँदै एक साता सम्म रिपोर्ट आएको छैन । गोरखामा हाल सक्रिय संक्रमितको संख्या छ सय २४ रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।


गोरखामा हाल सम्म सात सय १९ जना जिल्ला भित्रै पिसिआर संकलन गरिएका र ७५ जना जिल्ला बाहिर पिसिआर जाँच गरेकालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यी मध्ये ११८ जिल्ला भित्र स्वाब दिएकाहरु ३८ जना जिल्ला बाहिर संक्रमण पुष्टि भएकालाई निको भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्