
गोरखाको भुम्लिचोकमा कुखुराको खोरमा चितुवा पसेपछि
गण्डकी गाउँपालिका–६ भुम्लिचोकस्थित विजौरे गाउँका टंकनारायण श्रेष्ठको कुखराको खोरमा पसेको चितुवाको दुई दिनपछि उद्धार गरिएको छ ।
मंगलबार कुखुराको खोरमा पसेको चितुवाको बिहीबार साँझ उद्धार गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए ।
करिब ६ वर्षको चितुवाको सामान्य उपचारपश्चात शुक्रबार जंगल क्षेत्रमा छाडिएको पौडेलले बताए ।
चितवनबाट आएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीको सहयोगमा चितुवाको उद्धार गरिएको उनले बताए ।




