
वडा नम्बर ६ मा ३१ सहित शहीदलखनमा ४९ जना संक्रमित थपिए
गोरखाको शहीदलखन गाउँपालिकामा ४९ जना कोरोना संक्रमित थपिएका छन् ।
ति मध्ये वडा नम्बर ६ को ३१ जना ८ को १६ र ७ को दुई जना रहेका गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।
गत शनिवार लिइएको स्वाबको छ दिनमा रिपोर्ट आएको उनले बताए ।




