
गोरखामा छिनछिनमा बत्ती आउने जाने हुँदा उपभोक्ता आक्रोशित
गोरखामा केही समय यता बिजुली बत्ती छिनछिनमा आउनेजाने क्रम बढेको छ ।
बिहिवार र शुक्रवार बिहानै देखि बिजुली बत्ती अनियमित भएपछि उपभोक्ता आक्रोशित बनेका छन् ।
लामो समय यता गोरखामा बिजुली बत्ती अनियमित हुने समस्या थिएन । अहिले छिनछिनमै बत्ती जाने भएपछि विद्युतिय यन्त्र उपकरण बिग्रिने खतरा भएको गुनासो ब्यवशायीको छ । सर्वसाधारण उपभोक्ताले भने विद्युत प्राधिकरणको हेलचेक्राईले यो अवस्था सिर्जना भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना र आक्रोश पोखेका छन् ।
एक महिनादेखिएको यो समस्या अझै सुधार भएको छ । कर्मचारीको इच्छाशक्ति नहुनु र बेवास्थाले विद्युत अनियमित भएको भन्दै उपभोक्ताले अत्यावश्यक सेवामा हेलचेक्राई नगर्न भनेका छन् ।
विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाले भने प्राविधिक समस्या भएको बताएको छ । मौसम सफा नहुँदा लाईन काटिने क्रम बढेको र दमौली, आँबुखैरेनीमा समस्या आउँदा पनि गोरखाको लाईन काटिने हुँदा धेरै आउने जाने गरेको जनाएको छ ।




