
नेकपा एमाले गोरखाले पार्टी कार्यालय आइशोलेसन भबन बनाउन दिने
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) गोरखाले गोरखा नगरपालिका ८ स्थित चाईनिज धारामा रहेको पार्टी कार्यालय भबन आइशोलेसन बनाउन दिने भएको छ ।
नेकपा एमाले राष्ट्रिय परिषद सदस्य बाबुराम थापाले जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई आवश्यक परेमा उक्त भबन दिने निर्णय भएको बताए ।
‘आइशोलेसन बनाउने ठाउँ अभाव भएको भन्ने सुनिन्छ, त्यस्तो हो भने एमाले पार्टी कार्यालय दिन्छौँ भनेका हौँ’ उनले भने ।
कोरोना संक्रमण दिनदिनै बढिरहेको र उपचार नै मूख्य भएकाले यसतर्फ पार्टी गम्भिर भएको उनले बताए ।
गोरखा संक्रमित संख्या बढेको र यसको तयारी, उपचारमा सरोकारवाला गम्भिर हुनुपर्नेमा राष्ट्रिय परिषद सदस्य थापाले जोड दिए ।




