| सोमवार, कार्तिक २३, २०८३

आफ्नो भवनमा आइसोलेशन सञ्चालन गर्न दिने गोरखा उद्योग वाणिज्य संघको घोषणा


व्यपारी, व्यवसायीको छाता संस्था गोरखा उद्योग वाणिज्य संघले कोभिडका बिरामीलाई उपचारका लागि आफ्नो भवनमा आइसोलेशन सेण्टर सञ्चालन गर्न दिने भएको छ ।


बिहिबार आयोजित जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकमा बोल्दै संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले संघको भवनमा आइसोलेशन सेण्टर सञ्चालन गर्न दिने बताएका हुन् ।


अहिले गोरखामा दिनानुदिन कोभिड १९ का बिरामीको संख्या बढ्दै गएको अबस्थामा सामाजिक उत्तरदायित्व बहन गरी संघ आफ्नो भवन उपलब्ध गराउन तयार रहेको उल्लेख गरे ।


जिल्लाको सबैभन्दा ठूलो कोरोना उपचार केन्द्रको रुपमा रहेको गोरखा अस्पतालमा अहिले जम्मा १२ शैयाको मात्र आइसोलेशन रुम छ । सबै शैयामा बिरामी भरिएकाले थप बिरामीको उपचारका लागि कठिनाइ भइरहेको अस्पतालले यसअघिदेखि नै जनाउँदै आएको थियो ।

सो अबस्थालाई दृष्टिगत गरी यसअघि नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रले पनि आफ्ना कार्यालय भवन आइसोलेशन सेण्टर सञ्चालन गर्न दिन तयार रहेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्