
गोरखामा २१ देखि ४० वर्षका कोरोना संक्रमित धेरै
गोरखामा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । जिल्लाभित्र र बाहिर गरी संक्रमितको संख्या दिनदिनै थपिँदो छ ।
संक्रमितमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि जिल्लाभित्र र बाहिर गरी ८६ जना २१ देखि ३० वर्ष युवा उमेरका मानिस संक्रमित भएका छन् । यीमध्ये ४७ महिला र ३९ पुरुष छन् । यस्तै ३१ वर्ष देखि ४० वर्ष उमेर समूहका संक्रमित हुने संख्या ९५ छ । यी मध्ये ३५ जना महिला र ६० जना पुरुष छन् ।
१० वर्ष उमेरसमूह भित्रका संक्रमितको संख्या पाँच बालिका र १० बालक सहित १५ जना संक्रमित भएका छन् । १० देखि २० वर्ष उमेर समुहका २६ जना महिला र २२ जना पुरुष गरी ४८ जना संक्रमित भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
४१ देखि ५० वर्ष उमेर समुहका ८९ जना संक्रमित मध्ये ५६ पुरुष र ३३ जना महिला छन् ।
५१ देखि ६० वर्ष उमेरका १८ जना महिला र पुरुष ३७ जना गरी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२१ जना महिला र १९ जना संक्रमित पुरुष ६१ देखि ७० वर्ष उमेरका छन् । ७१ देखि ८० वर्ष उमेरका ६ जना महिला र ९ जना पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
८१ देखि ९० वर्ष उमेर समूहका तीन/तीन जना महिला पुरुष गरी छ जना संक्रमित भेटिएका छन् । यो बिवरण मंगलवार सम्म संक्रमित गोरखाका चार सय ५४ जनाको उमेर अनुसारको बिवरण रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।




