
कर्मचारीमा कोरोना देखिएपछि गण्डकी गाउँपालिकाको सेवा एक साता बन्द
गोरखाको गण्डकी गाउँपालिकाले एक साताका लागि सबै सेवा बन्द गरेको छ ।
कर्मचारीमा समेत कोरोना संक्रमण देखिएकाले जेठ ५ गते सम्मका लागि सबै नियमित सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत पुरण गुरुङले बताए ।
साथै गाउँपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भौतिक दुरी कायम गर्न र आवश्यक काम बाहेक घर बाहिर ननिस्किन सबैमा अनुरोध गरेको छ ।
साथै गाउँपालिकाले मकैसिंङमा ५ र घ्याल्चोकमा १० वेड आइशोलेसन निर्माण गरेको छ ।





