
गोरखामा आज ८१ जना कोरोना संक्रमित थपिए
गोरखामा आज ८१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गोरखामा ४७ जना महिला र ३४ जना पुरुष गरी ८१ जनामा संक्रमण देखिएको हो ।
यस्तै एक जनाको बृधवार मृत्यू भएको छ । थपिएका मध्ये सबैभन्दा धेरै गोरखाको भिमसेन थापा गाउँपालिकाका रहेका छन् ।गण्डकी प्रदेशमा आज नौ सय ४१ जना संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यू भएको छ ।





