
एउटै पालिकाका ४९ जनामा कोरोना संक्रमण
भिमसेनथापा गाउँपालिकामा बुधबार ४९ जना कोरोना संक्रमित थपिएका छन् । गएको शुक्रबार र शनिबार विभिन्न वडामा १ सय ४१ जनाको नमुना संकलन गरिएको थियो । त्यसमध्येका ४९ जनामा संक्रमण पुष्टि भएको गाउँपाकिला स्वास्थ्य शाखाका प्रमुखले बताए ।
वडा नं. ३ का १० जना सहित वडा नम्बर १,५,६,७ र ८ का बासिन्दामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।




