
गोरखाको बजार अनुगमन, उध्योगले नै मूल्य बढाएको भन्दै बेवास्था
गोरखा सदरमुकामको बजार अनुगमनका क्रममा धेरै मूल्य लिने, अनुमती लिएर भन्दा फरक सामग्री बिक्री गर्नेलाई केही समय अघि जिल्ला प्रशासन कार्यालयले २५ हजार सम्म जरिवाना गरेको थियो ।
विषेशतः चाडवाड वा संचार माध्याममा उपभोक्ताको गुनासो आएपछि सरोकारवालाले गोरखाका बजार अनुगमन गर्ने गर्छन् । अहिले पनि तेल, खाद्यान्न, चिनी, चामलमा मूल्य बढेको गुनासो निषेधाज्ञा भए यता आईरहेको छ ।
अत्याधिक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मंगलवार गोरखा बजार अनुगमन भयो । अनुगमनमा खटिएकाहरुले निषेधाज्ञा अघि र अहिलेको मूल्य, कम्पनीले निर्धारण गरेको मूल्य कम्पनी र ब्यापारी सँग सोधिखोजी गरेनन् । ब्यापारीले जे भन्यो त्यही पत्यादिए ।
दैनिक उपभोग्य बस्तुमा कम्पनीले मूल्य बढाएको भन्दै ब्यापारीले दोहोरो बिल बनाएर उपभोक्ता ठगिरहेका बेला प्रशासनले उपभोक्तालाई भ्रममा पार्ने गरी नाममात्रकै अनुगमन गरेको छ । स्टोरको सरसफाई हेर्ने, चिसो पेय पदार्थको म्याद लाई अनुगमन समितिले प्राथमिकता दिएको एक सहभागीले बताए ।
कतिपय पसल एवं गोदाम सफा नभएको, खाद्य र अखाद्य बस्तु एकै ठाउँमा राखेका पाइएको छ । अनुगमनका क्रममा चामल र खाने तेलको मुल्य भने वृद्धि भएको भेटिएको छ । तर कम्पनी डिलरहरुले मूल्य कोरोना माहामारीका बेला किन बढाएको हो भन्ने बारे यस अघि जिल्ला प्रशासनले उद्योग रहेको जिल्ला प्रशासन मार्फत संम्बन्धित उद्योगबाट जानकारी लिएको थियो ।
उद्योगलाई कारवाहीका लागि सिफिरिस समेत गरेको प्रशासनले अहिले भने फितलो अनुगमन गरेको उपभोक्ता अधिकारबादीहरुले गुनासो गरेका छन् ।
२१ वटा तरकारी, माछामासु, किराना र थोक बिक्रेताको अनुगमनमा खाद्य र अखाद्य बस्तु मिसावट गरि राखीएको, किराना पसलको सामान संग रक्सी तथा पशु पंक्षिले खाने दाना संगै राखेको, ठुला ब्यापारीका गोदामहरु अत्याधिक फोहर भएको पाईएको अनुगमन टोलीले जनाएको छ ।




