| सोमवार, कार्तिक २३, २०८३

गोरखामा मंगलवार ४५ जना संक्रमित थपिए

गोरखा नगरपालिकामा २३ सहित आरुघाट गाउँपालिकामा १३ र अजिरकोट गाउँपालिकामा ९ जना कोरोना संक्रमित मंगलवार थपिएका छन् ।
नगरपालिकाभित्र नौ जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन निश्चल अर्यालका अनुसार वडा नं. ३ का एक पुरुष, गोरखा नगरपालिका ६ तीनधारेकी एक महिला र सोही वडामा व्यापार व्यवसाय गरी बस्ने मधेशी मुलका एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गोरखा नगरपालिका ८ का पाँच पुरुष र चार महिला, गोरखा नगरपालिका ९ का एक पुरुष र एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गोरखा नगरपालिका वडा नं. ११ का एक पुरुष र एक महिलामा, १२ की एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नं. १३ का एक महिला र एक पुरुष र वडा नं. १४ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
बारपाक सुलीकोट २ घर भई हाल गोरखा नगरपालिकामा बस्ने एक महिला, सिरानचोक ४ घर भई हाल गोरखा नगरपालिका बस्ने एक पुरुष र काठमाडौंको तारकेश्वर ६ घर भई गोरखामा बस्दै आएका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
आरुघाट गाउँपालिकामा सात जना महिला र छ जना पुरुष संक्रमित भएका छन् ।

अजिरकोट गाउँपालिकामा पाँच जना पुरुष र चार जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
अजिरकोट गाउँपालिका वडा नम्बर ३ का पाँच जना, ४ को तीन जना, ५ को एक जना रहेका छन् । आरुघाट गाउँपालिका वडा नम्बर ८ को १० जना, ७ को दुई जना, पाँच को एक जना रहेका छन् । उनीहरु होम आइशोलेसनमा रहेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्