
आवश्यक परे पार्टी कार्यालय आइशोलेसन बनाउन दिन्छौँ : माओवादी केन्द्र गोरखा
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले गोरखा नगरपालिका ६ स्थित पाटेचौरमा रहेको पार्टी कार्यालय भबन आइशोलेसन बनाउन दिने निर्णय गरेको छ । जिल्ला अध्यक्ष लेखबहादुर थापाले मंगलवार एक बिज्ञप्ती जारी गर्दै जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आवश्यक परेको खण्डमा पार्टी कार्यालय र सभाहल आइशोलेसन केन्द्र निर्माण गर्न दिने जनाएका हुन् ।
जिला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) गोरखाले आवश्यक परेमा स्वास्थ्य सुरक्षाको ब्यवस्था गरी आइशोलेसन केन्द्र निर्माण गर्न सक्ने माओवादी केन्द्रले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।
कोरोना संक्रमण दिनदिनै बढिरहेको अबस्थामा बिरामीको उपचार नै प्रमुख भएकाले यसतर्फ पार्टी गम्भिर भएको अध्यक्ष थापाले बताए । ‘जनताको यस प्रकारको दुख र पिडामा हामी साथै रहेका छौँ’ अध्यक्ष थापाले भने । आइशोलेसन केन्द्र निर्माण गर्न जिल्लामा ठाउँ अभाव भएको भन्ने दुःखद समाचारले पार्टीको ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख छ ।




