| आइतवार, कार्तिक २२, २०८३

प्रहरीले गोरखामा ३७ वटा ग्याँस भरिएको सहित ६४ थान सिलिण्डर जम्मा गर्यो

गोरखा प्रहरीले सोमवार ६४ वटा अक्सिजन सिलिण्डर जम्मा गरेको छ । ३६ वटामा अक्सिजन पुरा भएको, एउटा आधा भएको र २६ वटा खाली सिलिण्डर जम्मा गरिएको डिएसपी प्रकाश दाहालले बताए ।
गोरखा सदरमुकामको निरुप सप्लायर्सबाट १५ वटा ठुलो र १९ वटा सानो सिलिण्डर जम्मा गरिएको छ । उक्त सप्लायर्सले उद्योग कलकारखाना, ग्यारेज र बिरामीलाई पनि सिलिण्डर उपलब्ध गराउँदै आएको थियो । कोरोना संक्रमितको उपचारमा प्रयोग नभएका सिलिण्डर मेडिकलहरुबाट पनि लिइएको डिएसपी दाहालले बताए ।

गोरखा सदरमुकाममा उपचार बाहेकमा प्रयोग भएका एकसय भन्दाबढि ठूलो सिलिण्डर रहेको अनुगमन गरिएको छ । प्रहरीले कसको कति केजीको सिलिण्डर हो भन्ने रेकर्ड राखेर माग्ने नभए जफत गर्ने जनाएको छ । त्यसरी संकलन भएको सिलिण्डर गोरखा अस्पताललाई बुझाउने प्रहरीले जनाएको छ ।
सोमवार बिहान बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले उपचार बाहेकमा प्रयोग हुने सिलिण्डर बुझाउन सुचना पनि जारी गरेको छ । कोरोनाको जोखिम बढेको र अक्सिजनको माग धेरै भएकाले सिलिण्डर खोजी भएको हो । उद्योग, जलविद्युत आयोजनाहरु सँग पनि सिलिण्डर माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्