| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पतालको वेड भरियो, सदरमुकाम मै छैन आईशोलेसन

गोरखा अस्पतालको आईशोलेसन बेड भरिएको छ । अस्पतालका अनुसार आईतवार थप दुई जना अस्पताल भर्ना भएसँगै बेड भरिएको हो ।
चार पुरुष र दुई महिला अहिले गोरखा अस्पतालको आइशोलेसनमा उपचाररत छन् । उनीहरुलाई ज्वरो आउने, र अक्सिजनको मात्रा घटेको छ ।

अक्सिजन दिन नपर्नेलाई होम आइशोलेसनमा रिफर गर्ने गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।
गोरखा अस्पतालले आईतवार एन्टिजिन परीक्षणबाट जाँच गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ भने चार जनामा नेगेटिभ देखिएको छ ।

अहिले सम्म गोरखा अस्पतालमा २४ जना संक्रमित उपचार गराउन आएकोमा छ जना अन्य रिफर भएका छन् । १२ जना भने उपचारपछि घर फर्किएका सुचना अधिकारी ढकालले बताए ।
गोरखा सदरमुकाममा गोरखा अस्पतालमा रहेको छ बाहेक आइशोलेसन बेड छैन् ।

जटिल समस्या परेका बिरामीलाई राख्ने ठाउँ नहुँदा अस्पतालले रिफर गर्नु परेको जनाएको छ । नयाँ बन्दै गरेको भबनमा गोरखा नगरपालिकाको सहयोगमा ३० बेड सम्मको आइशोलेसन राख्ने तयारी छ ।

गोरखा नगरपालिकाले उद्योग बाणिज्य संघ लगायत केही संस्थाका भबनमा आइशोलेसन राख्ने योजना बनाएपनि संस्थाहरुले सहजै भबन उपलब्ध नगराउँदा समस्या भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्