| आइतवार, कार्तिक २२, २०८३

गोरखामा आज १५ जना संक्रमीत थपीए

शुक्रबार धार्चे गाउँपालिकाका अध्यक्ष सहित सात जना र विभिन्न ६ पालिकाका अन्य ८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । संक्रमितमध्ये १० जना महिला र आठ जना पुरुष छन् ।


गोरखा नगरपालिका वडा नं. ६ की एक १९ वर्षकी महिला, पालुङटार नगरपालिका वडा नं. ८ का २० र ५३ वर्षकी महिला, चुमनुब्रि गाउँपालिका वडा नं. १ का ४६ र ६६ वर्षका पुरुष, आरुघाट गाउँपालिका वडा नं. ९ की २४ वर्षकी महिला, अजिरकोट गाउँपालिका वडा नं. ४ का ३६ वर्षका पुरुष र शहिखलखन गाउँपालिका वडा नं. १ की ४२ वर्षकी महिलामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तीमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्