| सोमवार, कार्तिक २३, २०८३

बालिकालाई बलात्कार गरेर फरार पुरुष बच्चा जन्मिएको तीन महिनापछि पक्राउ

१४ वर्षिया बालिकालाई बलात्कारपछि फरार रहेका ६५ वर्षिया तुलबहादुर थापालाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।

गोरखा नगरपालिका वडा नम्बर ८ का थापाले २०७७ बैशाख ११ गते जंगलमा निउरो खोज्न गएकी बालिकालाई बलात्कार गरेका थिए ।
बालिकालाई ललाई फकाई, प्रलोभन देखाई बलात्कार गरेको घटना २०७७ मंसिरमा मात्रै परिवारले थाहा पाएका थिए ।

बालिकाको पेटमा बच्चा रहेका थाहा पाएपछि बालिकाको बाबुले मंसिर २३ गते जिल्ला प्रहरी कार्यालयमा थापा बिरुद्ध जाहेरी दिएका हुन् ।
प्रहरीमा जाहेरी दिएको थाहा पाएपछि फरार रहेका प्रतिवादी थापालाई गोरखा प्रहरीले बिहिवार गोरखा नगरपालिका वडा नम्बर १३ मझुवा देउरालीबाट पक्राउ गरेको डिएसपी प्रकाश दाहालले बताए ।
बालिकाको पेटमा ३० हप्ताको गर्भ रहेको र गर्भपतन गराउन नमिल्ने अवस्था भएको चिकित्सकले बताएपछि बालिकाले फागुन ३० गते पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा छोरा जन्माएकी थिईन । बालिकालाई उपचारमा थ्रि एन्जल्स नेपाल पोखराले सहयोग गरेको थियो ।

अहिले भने उनी आफ्नै परिवारको संरक्षणमा छिन् । लामो समयदेखि गोरखा प्रहरीले पिडक थापाको खोजी गरेपनि पक्राउ गर्न सकेको थिएन ।
उनी भारत गएर बसेको र कोरोना संक्रमण र निषेधाज्ञाका समयमा उनी फर्कन सक्ने भन्दै गोरखा प्रहरीले खोजी तिब्र बनाएको गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए । ‘यो समयमा फर्कन सक्ने भएकाले नाकामा निग्रानी गरेका थियौँ’ उनले भने ‘गोरखा भित्रने नाकाबाट पक्राउ गरेका हौँ ।’
उनी बिरुद्ध गोरखा जिल्ला अदालतमा मुद्धा दायर भएको छ । अदालतले थापालाई तत्काल पूर्पक्षका लागि थुनामा पठाउन सक्छ ।

उनलाई कैद सजाया र बालिकालाई प्रतिबादीबाट क्षतीपूर्ती भराउने, राज्यबाट अन्तरिम क्षतीपूर्ती पनि उपलब्ध हुने कानुनी ब्यवस्था छ । प्रतिवादी थापा भुतपूर्व नेपाली सेना समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्